छापा

दशै-तिहार २५ दिन पर सर्‍यो

माघ १, २०७६

    काठमाडौं : विक्रम संवत् २०७७ सालको दशैं र तिहार २५ दिन पर धकेलिएको छ। नयाँ पात्रो अनुसार असोज एक महिना मलमास परेकाले दुई चाडपर्व करिब एक महिना धकेलिएको हो।

    पञ्चाङ निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले मलमासका कारण विवाहको लगनलाई समेत असर पारेको जानकारी दिए। आउँदो वर्ष विवाहको लगन करिब १५ दिन जति मात्रै छ। २०७६ सालमा करिब ३० दिन साइत परेको थियो भन्ने खबर नेपाल समाचारपत्र दैनिकमा छ।

    ब्रतबन्धको साइत जम्मा पाँच दिन मात्रै छ। पञ्चाङ्ग निर्णायक समितिले निर्णय गरे अनुसार घटस्थापना कार्तिक १ गते परेको छ भने विजादशमी १० गते परेको छ। तिहार कार्तिक २८ गते शुरु हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]