|

काठमाडौं : नेपाल प्रहरीले ठूलो संख्यामा प्राविधिक प्रहरी जवान पदका लागि दरखास्त माग गरेको छ। 

नेपाल प्रहरीको प्रधान कार्यालय, मानवश्रोत एवं प्रशासन विभाग अन्तरगतको भर्ना छनोट महाशाखाले १ हजार ७२ जनाका लागि दरखास्त माग गरेको हो । 

जस अन्तरगत सञ्चार निर्देशनलाय तर्फ इन्जिनियरिङका  लागि समावेशी आधारमा ६११ जनाको माग छ। त्यस्तै सूचना प्रविधि निर्देशनालयका लागि ४३ जनाको माग छ।

त्यस्तै भौतिक पूर्वाधार निर्देशनालयका लागि ६३ जना, सवारी महाशाखाका लागि १२६ जना, केनाइल महाशाखा तर्फ ५३ जना, हातहतियार मर्मत शाखाका लागि ६ जना, नेपाल प्रहरी अस्पतालका लागि १९ जना, केन्द्रीय विधि विज्ञान प्रयोगशालाका लागि ७ जना र नेपाल प्रहरी संगीत विद्यालय तर्फ १४४ जनाको माग गरेको हो।

हेर्नुहाेस् विज्ञापन 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.