|

इलाम : सूर्योदय नगरपालिका–७ गोगनेका २९ वर्षीय विमल घलेको हत्या आरोपमा दुईजना पक्राउ परेका छन्।

प्रहरीले हत्या आरोपमा गोगनेकै २८ वर्षीय समुन घले र भारतको दार्जिलिङ बिजनबारीका २९ वर्षीय विजय घलेलाई पक्राउ गरेका हो। सुमन र विजयले गत आइतबार राति १० बजे मादक पदार्थ सेवन गरी झगडा हुँदा ढुङ्गा प्रहार गरी विमलको हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए। 

विमललाई सोमबार विहान नजिकैको खोल्सीमा मृत अवस्था स्थानीयले फेला पारेका थिए। घटनास्थल वरिपरि रगत चुहिएको र मृतकको शरीरमा ढुङ्गा प्रहार भएजस्तो गहिरो चोटपटक र नीलडाँम देखिएको प्रहरीले जनाएको छ। 

शव पोष्टमार्ट गरी मंगलबार परिवारलाई जिम्मा लगाइएको छ। अभियुक्त दुवै जनालाई कर्तव्य ज्यान मुद्दामा अदालतमा म्याद थप गरी इलाका प्रहरी कार्यालय पशुपतिनगरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.