|

काठमाडौं : मेगा बैंक नेपाल लिमिटेडले उदयपुरमा बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेगा बैंकले नेपाल सामाजिक विकास तथा जन सशक्तीकरण केन्द्रमार्फत उदयपुरको बेलका नगरपालिकाका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो।

बेलकाको सरस्वती आधारभूत विद्यालय एबिसी कोशीटप्पु र बेलका नगरपालिकाकै भालमनटीस्थित सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पूर्वमन्त्री एवं संघीय सांसद डा. नारायण खड्का र मेगा बैंक प्रदेश-१ का प्रमुख विवेकबन्धु न्यौपानेले न्यानो कपडा वितरण गरेका हुन्। चिसोका कारण विद्यार्थी विद्यालय जान नसक्ने अवस्थाको अन्त्य होस् भन्ने उद्देश्यले न्यानो कपडा वितरण गरिएको मेगा बैंकले जनाएको छ।

गत साता मात्रै मेगा बैंकले लुम्बिनी क्षेत्रका मुसहर र नेटुवा बस्तीका १५० भन्दा बढी घरधुरीका लगभग २०० बालबालिकालाई  ब्याल्याङ्केट वितरण गरेको थियो। मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वमार्फत विभिन्न सहकार्य एवं सहायताका साथै असहाय तथा विपन्न वर्गका बालिकाको शिक्षाका लागि पनि सहयोग गर्दै आएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.