|

स्पेनिस गोलरक्षक पेपे रेनाले जारी सिजन प्रिमियर लिग क्लब एस्टन भिल्लामा बिताउने भएका छन्। उनी एसी मिलानबाट लोनमा भिल्ला पार्क आएका हुन्।

लिभरपुलमा ८ वर्ष बिताएका रेना ६ वर्षपछि प्रिमियर लिगमा फर्किएका हुन्। भिल्लाका गोलरक्षक टोम हिटन घुडाको चोटका कारण मैदान उत्र्न नसक्ने भएपछि रेनालाई क्लबमा लोनमा भित्र्याइएको हो।

बार्सिलोनका पूर्वगोलरक्षक मिगुएल रेनाका छोरा पेपेले फुटबल करियरसमेत बार्साबाट नै सुरु गरेका थिए। १९९९ देखि २००२ सम्म बार्सामा बिताएका उनले स्पेनिस क्लब भिल्लारियलमा ३ सिजन बिताए। त्यसपछिका ८ सिजन लिभरपुलको पहिलो रोजाइमा रहेका थिए।

नापोलीबाट लोनमा एक सिजन बार्यन म्युनिख गएका पेपेले त्यसपछिका ३ सिजन पुनः नापोलीमा बिताए। २०१८-१९ मा एसी मिलान रहँदा दोश्रो रोजाइमा परेपछि उनी आगामी जुनसम्म भिल्ला पार्कमा रहने जनाइएको छ।

स्पेनिस टिममा १३ वर्ष बिताएका पेपेले ३६ खेलमा गोलपोष्ट सम्हालेका थिए। लिभरपुलमा रहँदा २००५/६ देखि २००७/०८ सम्म सबैभन्दा बढी क्लिनसिट राख्दै लगातार ३ सिजन प्रिमियर लिग गोल्डेन ग्लोव्स बिजेता बनेका थिए।

लिभरपुलबाट कुल २८५ खेलमा १३४ क्लिनसिट राखेका थिए। प्रिमियर लिगमा कुल ५५१ वटा बल सेभ गरेका रेनाले २२६ गोल व्यर्होरेको एस्टन भिल्लाको अफिसियल साइटमा उल्लेख गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.