|

सिन्धुली :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ  नेता माधवकुमार नेपालले अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सँग भएको अनुदान सम्झौताका कतिपय प्राबधान सच्याउनुपर्ने बताएका छन्। 

बुधबार बिहान सिन्धुलीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै  पूर्व प्रधानमन्त्री नेपालले भने, 'हामी सबैको सहयोग लिन तयार छौँ तर सहयोगको नाममा  गलत मनसायले प्रेरित भएर आउने कतिपय कुराहरु मान्य हुदैँन।'

एमसीसीसँग भएको अनुदान सम्झौताका कतिपय प्राबधान स्वीकार गर्न नसकिने रहेको नेता नेपालले बताए। नेकपाबाट निर्वाचित जनप्रतिनिधिलाई सय वर्षको दुरदृष्ट्रि  राखेर काम गर्न पनि नेता नेपालले सुझाव दिएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.