|

तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिकाद्वारा आयोजित बन्दीपुर मिनी म्याराथन खुल्लातर्फको उपाधी काठमाडौंका अजितकुमार यादवले जितेका छन्।  बुधबार आयोजित म्याराथनको यादवले आठ किलोमिटरको दूरी ३८ मिनेट ५३ सेकेण्डमा पार गर्दै उपाधी जितेका हुन्। यादवले ३० हजार नगद प्राप्त गरेका छन्।

उक्त प्रतियोगितामा सोही दूरी ३९ मिनेट १६ सेकेण्डमा पार गरी ओखलढुंगाका अनिल कार्की द्वितीय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी सापकोटाले जानकारी दिए। उनका अनुसार कार्कीले १५ हजार नगद प्रदान गरिएको छ।

सोही म्याराथनको आन्तरिकतर्फ बन्दीपुर-१ का चन्द्रकुमार सुनार प्रथम र बन्दीपुर-२ का रविन गुरुङ द्वितीय भएका छन्। उनीहरूले क्रमशः सोही दूरी ४४ मिनेट ५१ सेकेण्ड र ४६ मिनेट ३७ सेकेण्डमा पार गरेका थिए। प्रतियोगितामा खुल्ला र आन्तरिक गरी ३० जना धावकको सहभागिता रहेको थियो। विजयी धावकलाई गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल र गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले पुरस्कार वितरण गरेका थिए।

कार्यक्रममा मन्त्री लम्सालले खेलकुदको माध्यमबाट पनि पर्यटन प्रवद्र्धन गर्न सकिने बताए। उनले पर्यटन क्षेत्रबाट समृद्धि हुने बताउँदै पर्यटकीय क्षेत्रको विकासमा प्रदेशले सहयोग गर्ने बताए। नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष थापाले बताए। डुम्रेबजारदेखि बन्दीपुर गाउँपालिकाको कार्यालय सम्मको ८ किलोमिटर दूरी रहेको थियो।

त्यसैगरी, गाउँपालिकाले बुधबारै एकल पुरुषलाई सिरकसमेत वितरण गरेको छ। गाउँपालिकाले ७० वर्ष उमेरमाथिका ६०० जना एकल पुरुषलाई सिरक वितरणसमेत गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.