|

अष्ट्रेलियामा लामो समयदेखि आगलागी भएको क्षेत्रमा वर्षा भएको छ। देशको पूर्वी क्षेत्रमा पर्ने त्यस क्षेत्रमा बिहीबार वर्षा भएको र राहत महसूस गरिएको अधिकारीले बताएका छन्।

अहिलेसम्म नै नभएको ठूलो आगलागीको घटनामा परी कम्तीमा २८ जनाको मृत्यु भइसकेको छ भने करोडौँ जनावर पनि जलेर मरेका छन्। न्यु साउथ वेल्समा आगलागी भइरहेको र अहिले परेको वर्षाले आगो नियन्त्रण नै हुने अवस्था भने नरहेको अधिकारीले जनाएका छन्।

'आगलागी भएको क्षेत्रमा अहिले वर्षा भएपछि केही राहत महसूस त भएको छ, तर आगलागी नियन्त्रण नै हुने भने देखिएको छैन,' ग्रामीण अग्नि नियन्त्रण सेवाका अधिकारीले सामाजिक सञ्जालमा लेखेका छन्।

वर्ष कति धेरै समय पर्छ र कति ठूलो हुन्छ भन्ने कुराले आगलागी नियन्त्रण हुन्छ की हुँदैन भन्ने निर्धारण हुने उनले बताएका छन्। आगलागी हुनुभन्दा अगाडिसम्म दर्जनौ ठाँउमा आगलागी भइरहेको विवरण अग्नि नियन्त्रण सेवाका अधिकारीले दिएका थिए।   

स्थानीय सञ्चार माध्यमले पनि जलिरहेको जंगलमा वर्षा भएको भिडियो र फोटो प्रकाशन तथा प्रसारण गरेका छन्।    

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.