|

काठमाडौं : २०७२ वैशाख १२ को भूकम्पपछि क्षतिग्रस्त संरचनाहरू अझैसम्म पनि पूरा हुन सकेको छैन। भूकम्पले क्षति गराएका देशभरका  सम्पदाहरू केही पुनर्निर्माण भए पनि अझै पनि कतिपय सम्पदाहरू पनि टेकोकै भरमा छन्।

भूकम्पले देशभरमा ८९१ सम्पदाको क्षति गराएको र  हालसम्म ३ सय ८० सम्पदा निर्माण भइसकेको पुरात्तत्व विभागले जनाएको छ। केन्द्र सरकारले क्षति भएका सम्पदाहरू निर्माण गर्नलाई १ अर्ब २६ करोड बजेट बिनियोजन गरेको छ। 

विसं १९९० माघ २ गते अपराह्न २ बजेर २४ मिनेटमा भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको छ।   ‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार’ नाराका साथ दिवस मनाइएको हो। विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो। भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन थालेको थियो।  

दिवस मनाउन थालेपछि विसं २०७२ वैशाख १२ गते शनिबार ११:५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले करिब नौ हजार मानिसको ज्यान लियो,  आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए, नौ सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए।

सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, ललितपुर र भक्तपुरमा भूकम्पले बढी क्षति पुर्‍याएको थियो। अन्य १८ जिल्लामा आंशिक क्षति पुग्यो। दिवसका अवसरमा मूल समारोह समितिले भक्तपुरमा विशेष कार्यक्रम गरेको छ।

अझै पनि टेकोकै भरमा सम्पदा, (फोटो फिचर)


तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.