भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआइ) ले आगामी वर्षका लागि २७ खेलाडीलाई सामेल गरेर करार गर्दा पूर्वकप्तान महेन्द्र सिंह धोनीको नाम समावेश गरिएको छैन। बिसिसिआइले सन् २०२० को खेलाडी सम्झौतामा धोनीको नाम समावेश गरेको नगरेको हो।
सन् २०१९ मा धोनीलाई भारतीय क्रिकेट बोर्डले ए श्रेणीको खेलाडीको रूपमा सम्झौता गरेको थियो। जसको सम्झौता मूल्य ५ करोड भारु थियो। त्यसमा धोनी 'ए ग्रेड'मा सामिल थिए। बिसिसिआइले करार बिहीबार जारी गरेको हो। यसमा २७ खेलाडीले समावेश छन्।
बिसिसिआइले ए प्लस, ए, बी र सी गरेर चार ग्रेडमा खेलाडी विभाजन गरेको छ। करारमा विराट कोहली, रोहित शर्मा र जसप्रित बुमराहलाई ‘ए प्लस’ग्रेड दिइएको छ। यसअघि पनि यी तीन खेलाडी यही ग्रेडमा थिए। यस करारमा खेलाडीले वार्षिक ७ करोड भारु प्राप्त गर्छन्।
क्रिकेट विश्वकप २०१९ खेलेपछि धोनी भारतीय टिममा समावेश छैनन्। त्यसयता धोनीको भारतीय टिममा भविष्यबारे शंका गरिएको थियो। बिसिसिआइ स्रोत उद्धृत गर्दै भारतीय संचार माध्यम भास्करले जनाएअनुसार करारबाट राखिन लागेको बारे बोर्डले धोनीलाई पहिला नै जानकारी दिइएको थियो।
उनलाई स्पष्ट रूपमा भनिइएको थियो कि, उनले सेक्टेम्बर २०१९ देखि अहिलेसम्म कुने म्याच खेलेका छैनन्। यसै कारण उनलाई आगामी खेलका लागि करार गर्न सकिँदैन भन्ने उनलाई अवगत गराइको थियो। करारमा सामिल हुनका लागि तय सिजमा कम्तीमा पनि ३ टि-२० म्याच खेलेको हुनुपर्छ। धोनीले भने ९ जुलाई २०१९ को वर्ल्डकपको सेमिफाइनलपछि कुनै अन्तर्राष्ट्रिय म्याच खेलेका छैनन्।
ए ग्रेड करारमा ११ खेलाडी सामेल छन्। जसमा भुवनेश्वर कुमार, चेतेश्वर पुजारा, अजिंक्या रहाणे, केएल राहुल, शिखर धवन, रविचन्द्रन अश्विन, रवीन्द्र जडेजा, मोहम्मद शामी, ईशान्त शर्मा, कुलदीप यादव र रिषभ पन्छ रहेका छन्। यस करारमा खेलाडीहरूले वार्षिक ५ करोड भारु प्राप्त गर्छन्।
बी ग्रेड करारमा ५ खेलाडी सामेल छन्। जसमा हार्दिक पान्ड्या, रिद्धिमान साहा, उमेश यादव युजवेन्द्र चहल र मयङ्क अग्रवाल रहेका छन्। यस करारमा खेलाडीहरुले वार्षिक ३ करोड भारु प्राप्त गर्छन्।
सी ग्रेड करारमा ८ खेलाडी परेका छन्। जसमा मनीष पाण्डे, हनुमा विहारी, शार्दुल ठाकुर,केदार जाधव, नवदीप सैनी, दीपक चाहर, श्रेयस अय्यर र वासिङ्टन सुन्दर रहेका छन्। यस करारमा खेलाडीले वार्षिक १ करोड भारु पाउँछन्।
नयाँ करारमा धोनीबाहेक दिनेश कार्तिक, अन्बाती रायुडू र खलील अहमदलाई पनि बाहिर गरिएको छ। बिसिसिआइले हरेक वर्ष खेलाडीको करार घोषणा गर्दछ। यो करार अक्टोबर २०१९ देखि सेप्टेम्बर २०२० सम्म लागू हुन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।