समाज

बन्दीपुर र गुल्मीको धुरकोट गाउँपालिकावबीच भगिनी सम्बन्ध

माघ २, २०७६

    तनहुँ : पहाडकी रानी उपनामले चिनिने तनहुँको बन्दीपुर गाउँपालिकाले गुल्मीको धुरकोट गाउँपालिकासँग भगिनी सम्बन्ध जोडेको छ। बन्दीपुर गाउँपालिकाले धुरकोट गाउँपालिकासँग पर्यटन प्रवद्र्धन र होमस्टे, तरकारी, कफी खेती विस्तारका साथै अनुभव आदानप्रदान गर्ने उद्देश्यले भगिनी सम्बन्ध जोडेको हो।

    बन्दीपुर गाउँपालिकाका अध्यक्ष पुर्णसिंह थापा र गुल्मीको धुरकोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले एकापसमा हस्ताक्षर गर्दै भगिनी सम्बन्ध कायम गरेका थिए। बन्दीपुर गाउँपालिकाको पर्यटन प्रवद्र्धन र धुरकोट गाउँपालिकाले हासिल गरेको उत्पादनका बारेमा अनुभव आदानप्रदान गरी स्वरोजगारका अवसर सिर्जना गर्ने विषयमा दुई पक्ष विच आपसी सहमति गरेका हुन्।

    यसअघि नै बाग्लुङको ताराखोला गाउँपालिकासँग बन्दीपुर गाउँपालिकाको भगिनी सम्बन्ध गाँसिसकेको छ। सोही अवसरमा गुल्मीको धुरकोटबाट ल्याइएको कफी बन्दीपुर गाउँपालिका अध्यक्ष पूर्णसिंह थापालाई उपहार स्वरुप प्रदान समेत गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]