|

ललितपुर : बिहिबार राति ललितपुरको कुपन्डोलस्थित बजाजको स्पेयर पार्ट्स राखिएको सेन्टरमा भीषण आगलागी भएको छ। 

राति ८ बजेपछि लागेको आगोले भीषण रुप लिएपछि काठमाडौं र ललितपुरका दमकल बोलाइएको छ। महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी सन्तोष तामाङका अनुसार कुपन्डोल पुल नजिकैको बजाज सेन्टरमा आगलागी भएको हो। 

राजधानीमा दिउँसोदेखि झरी परिरहेको छ। झरीले मौसम चिसिएको अवस्थामा पनि सल्किएको आगो ठूलो स्वरुपमा फैलिएको छ। आगलागीको कारण खुल्न सकेको छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.