|

काठमाडौं :  धेरै कम यौनसम्पर्क गर्नेहरुको चाँडै महिनावारी रोकिने एक अध्ययनले पत्ता लागेको छ।

अनुसन्धानकर्ताले सप्ताहमा एकपटक यौनसम्पर्क गर्नेहरु भन्दा महिनामा एकपटक यौनसम्र्पक गर्नेहरु २८ प्रतिशतले चाँडै महिनावारी रोकिएको पत्ता लगाएका हुन्।

यौनसम्पर्कका कारणले शारीरिक रुपमा गर्भवती हुने अंगहरु क्रियाशिल भइरहने भएकाले महिनावारी राकिंदैन। जब कि अर्धवैंशे उमेरका महिलाले शारीरिक सम्पर्क गर्न छोडेपछि महिनावारी हुने दर घट्छ।

बेलायतको लन्डनस्थित युनिभर्सिटी कलेजका मानवशास्त्री मेगान आर्नोटका अनुसार यदि तपाईंले बच्चा नपाउने भएपछि डिम्बाशयबाट डिम्बा निसेचन हुन छोड्छ, त्यो शक्तिलाई अन्यत्रै सञ्चय गर्नको लागि महिनावारी रोकिन्छ।

डिम्बासयबाट डिम्ब निष्कासन हुने अवस्थामा रोग प्रतिरोधात्मक शक्ति कम हुने भएकाले रोग लाग्ने जोखिम अत्याधिक हुने  बताउँछन्। यदि गर्भाधारण नगर्ने भएपछि शारीरिक सम्पर्क कम हुँदै जाने भएकाले शरीरले डिम्बा निष्काशनको लागि शक्ति खर्च गर्न छोड्छ।

सन् १९९६ देखि अमेरिकाभर शुरु भएको अर्धवैंशे महिला स्वास्थ्यमा आधारित रहेको तथ्यांकलाई अनुसन्धान गर्दा यस्तो पत्ता लागेको हो। अनुसन्धानमा करिब तीनहजार ४५ वर्षीया महिलालाई लक्षित गरिएको सीएनएनले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.