|

काठमाडाैं : शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनको लागि सत्ता पक्ष र प्रतिपक्षी दलका शीर्ष नेताहरूबीच छलफल सुरु भएको छ। सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता भएका व्यक्तिहरूको छानविन आयोगमा पदाधिकारी नियुक्ति र सिफारिस गर्नेबारे छलफल सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकारले जानकारी दिए। छलफल प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।

छलफलमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दलको तर्फबाट कांग्रेसका सभापति शेरबहादुर देउवा, नेताहरू मीनेन्द्र रिजाल, रमेश लेखक, नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र नेकपाका अर्का नेता नेता खिमलाल देवकोटा उपस्थित छन्। 

नेकपा र कांग्रेसका नेताहरू सातवटै प्रदेश पुगेर द्वन्द्वपीडितहरूसँग परामर्श गरेर फर्केपछि छलफल सुरु भएको हो। छलफल सकरात्मक भए विधेयकलाई संसदबाट पास गराएर सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोग गठन हुनेछ। दुवै आयोग ९ महिनादेखि पदाधिकारीविहीन छन्। बेपत्ता आयोग २०७१ सालमा भएपछि आयोगमा करिब ६५ हजार उजुरी परेका थिए।

उजुरी परे पनि उजुरीबारे कुनै छलफल र छानविन हुन सकेको थिएन। नेकपा र कांग्रेसबीच सहमति हुन नसक्दा द्वन्द्वपीडितहरूको नाम सिफारिससमेत हुन सकेको छैन। शुक्रबारको छलफल पछि उक्त समस्या पनि समाधान हुने बताइएकोछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.