|

जकपुरधाम : गत आर्थिक वर्षको भुक्तानी हालसम्म नदिएको भन्दै उपभोक्ता संघर्ष समितिले उग्र आन्दोलन सुरु गरेको छ। शुक्रवार जनकपुरमा मुख्यमंत्री लालबाबु राउतदेखि मन्‍त्रीसम्मको तस्वीर राखिएको विरोधी व्यानरमा जुत्ता चप्पल हान्न थालेपछि चार उपभोक्तालाई प्रहरीले पक्राउ गरेको हो।

भुक्तानी नपाएका प्रदेश २ का आठै जिल्लाका उपभोक्ता समितिका पदाधिकारीहरुले गठन गरेका समितिले आज प्रदेश सरकारविरूद्ध जनकपुरधामको जिरोमाईलमा प्रदर्शन गरेका थिए।

प्रदर्शनका लागि बनाएको व्यानरमा मुख्यमन्‍त्री राउत,  भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल, सामाजिक विकास मन्‍त्री नवलकिशोर साह सहितका मन्‍त्रीहरुको तस्विर राखेका थिए। उक्त व्यानरमा उपभोक्ता समितिहरुले जुत्ता चप्पल हानेपछि चारजनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा समितिका संयोजक रोशन सिंह राणा, रोशन ठाकुर, विमलेश ठाकुर र शंकर साह छन्। प्रहरीले उनीहरुलाई भ्यानमा राखेर जिल्ला प्रहरी कार्यालय लगिएको छ। काम सम्पन्न गरेपनि हालसम्म भुक्तानी नदिएछि रकमको ब्याज तिर्नु परिरहेकोले मन्त्रीहरुमाथि जुत्ता चप्पल प्रहार गरेको एक उपभोक्ताले बताए। 

केहि दिन अगाडी उपभोक्तहरु भूक्तानी माग्दै प्रदेश सभा भवन अगाडी समेत प्रदर्शन गरेका थिए। प्रदेशका विभिन्न मन्त्रालय मार्फत गत आर्थिक वर्षमा काम गरेका ८ सय उपभोक्ता समितिको ९१ करोड रुपैयाको भुक्तानी अझै हुन सकेका छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.