|

गुल्मी : प्रदेश-५ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले गाउँबाटै कृषि र पर्यटनमार्फत मुलुकको समृद्धि प्राप्त हुने दाबी गरेका छन्।

गुल्मीको इस्मा गाउँपालिका ५ रजस्थलको राधाकृष्ण टोलमा जडिबुटी उद्यानको उद्घाटन गर्दै मन्त्री गिरीले इश्मामा प्रदेशकै नमुना काम इश्मामा थालिएकाले गाउँबाट नै कृषि र पर्यटनमार्फत मुलुकको समृद्धि प्राप्त हुने दाबी गरे। ‘गाउँका बहुमुल्य जडिबुटी र बिरुवा मूल्यहीन भएका छन् यो उद्यानले सचेतना जगाउने र नमुना काम गरेर देखाउनेमा आफू बिश्वस्त रहेको बताए।

२८ प्रजातिका जडीबुटीका विरुवा

देसालपुज्ने सार्कीपाटा सामुदायिक वनको २.५४ हेक्टर क्षेत्रफलमा उद्यान रहेको छ। उद्यानमा अगरउड, रुद्राक्ष, एभोकाडो, टिमुर लगायतका २८ प्रजातिका ११ सय बढी बहुमुल्य रुखका बिरुवा तथा जडिबुटी रोपिएको डिभिजन वन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले जानकारी दिए।

यो उद्यानको उद्देश्य मध्यपहाडी क्षेत्रमा पाइने बढी व्याबसायीक महत्व भएका जडीबुटी तथा गैरकाष्ट वन पैदावारको प्रदर्शन एवम सूचना प्रवाह गर्ने र नीजि क्षेत्रसंगको सहकार्यमा जडिबुटी र गैरकाष्ठ वन पैदावरको ब्यावसायीकरण तथा पर्यटनमा सहयोग पुर्‍याउने रहेको सापकोटाले बताए।

यो उद्यानसहित सूचना केन्द्र भवन, मन्दिर, नर्सरी र अन्य संरचना निर्माणले इस्माको समृद्धिमा थप टेवा पुग्ने विश्वास लिइएको इस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले जानकारी दिए।

प्रदेश ५ को उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तरगत वन निर्देशनालय डिभिजन वन कार्यालय गुल्मीको एक करोड लागतमा जडिबुटी उद्यान निर्माण गरिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.