|

उदयुपर : उदयुपरको लिम्चुङबुङ गाउँपालिकामा नेपाल विद्युत प्राधिकरणको लाईन विस्तार गर्ने काम अलपत्र बनेको छ।

ठेकेदार कम्पनीको चरम लापरबाहीका कारण गाउँपालिकाको बासबोटे, बाराहा, ताम्लीछा, बलम्ता र जाँते क्षेत्र शाखा विस्तारको काम अलपत्र बनेसँगै स्थानीयहरुमा निराशा छाएको छ।

लिम्चुङबुङ गाउँपालिकामा विद्युत विस्तारका लागी रसुवाघाटबाट प्रसारण लाईन ल्याउँन छिटो र सहज हुने भए तापनि लामो दूरी प्रयोग गर्दै हलेसीबाट ल्याउने काम २ वर्ष अगाडि नै शुरु भएको थियो।

लामो दूरी प्रयोग गर्नुको कारण रसुवाघाट बाट २ फेजको लाईन आउने र हलेसीबाट ३ फेजको आउँने भएकाले लामो दूरी प्रयोग गर्नु परेको गाउँपालिका अध्यक्ष मेजरकुमार राईले बताए। आर्थिक वर्ष २०७४–७५ मा गाउँपालिकाको १ करोड ८८ लाख ५५ हजार लागतमा विद्युत प्राधिकरणले तार र पोलहरु खरिद गरेको थियो।

बाटो खन्दा पुरुवा माटोमा पोल खनेको र यसैका कारण जताभावी पोल गाढ्दा अहिले ७० भन्दा बढि पोल ढलेको र हजारौ मिटर आल्मोनियमको तार बेवारिसे अवस्थामा रहेको स्थानीयहरुले बताए। मीना कन्ट्रक्सन सप्लायर्स गाईघाटले ठेक्का लिएर विस्तार गरेको ठाउँमा बर्खाको समयमा ढलेको पोल तथा छरिएका तारहरु काम नलाग्ने अवस्थामा पुगेको छ।

गाउँपालिकाको निर्देशनपछि मीना कन्सट्रक्सनले केही पोल गाडे पनि अधिकांश स्थानका पोल लथालिङग अवस्थामा रहेको र यस्तै काम गराईले हो, भन्ने अझै धेरै समय लाग्ने वडा सदस्य गुरुमणि कुमाईले जानकारी दिए। गाउँपालिका उपाध्यक्ष रमिला राईले भने बाँकि रहेको काम चाँडै सक्नका लागि मिना कन्ट्रक्सनसँग छलफल गरि काम सुचारु गर्ने बताएकि छन्।

यता, गाउँपालिकाको बाँकी स्थानमा विद्युत प्राधिकरणको ५ करोड लागतमा रविन निर्माण सेवाले विद्युत विस्तार गरिरहेको छ। तर, मिना कन्सट्रक्सनले काम पुरा नगरेको ठाउँमा थप काम अगाडि बढाउन नसकेको रविन निर्माण सेवाले जनाएको छ।

स्थानीय तहमा जनप्रतिनिधिहरु आए सँगै धेरै सपनाहरु बाँडे पनि काम नर्गदा जनताहरुमा आक्रोश, निराशा छाएको छ। गफ मात्र गर्ने काम केही गर्ने जनप्रतिनिधिहरु देखि जनताहरु हैरान भएका छन्।  विद्युत आउँछ, र उज्योलामा बसौंला भन्ने लिम्चुङबुङ निवासी जनताहरुको सपना झन पर धकेलिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.