चीनमा देखिएपछि भ्रमण वर्ष प्रभावित हुन सक्ने

|

काठमाडौं : छिमेकी चीनमा फैलिएको निमोनिया जस्तै मानिसको मृत्यु गराउने कोरोना भाइरसको संक्रमणबाट नेपाल उच्च जोखिममा रहेको छ।

 चीनमा तीव्र रुपमा देखिए पनि  कोरोना भाइरस नेपालमा भएको पुष्टि भइनसकेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले  बताएको छ। 

अस्पतालका प्रमुख सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाका अनुसार अहिलेसम्म उक्त भाइरस देखिएको पुष्टि भइनसकेको बताए।

उनले नेपालमा कोरोना भाइरस देखिएको भन्‍ने समाचार सञ्चारमाध्यम आइरहे पनि हालसम्म त्यसको पुष्टि नभएको बताए। ३२ वर्षीय एक युवकलाई ज्वरो खोकी लागिरहेपछि सोमबार भर्ना गरिएको थियो। तर उनी शुक्रबार डिस्चार्ज भइसकेका छन्। 

यसको परीक्षण नेपालको सरकारी प्रयोगशालमा हुँदैन। केही निजी अस्पतालमा परीक्षण सम्भव हुन्छ। प्रकोप भएको ठाउँबाट आएका विरामीलाई निगरानीमा राखिएको छ।

केही दिनअघि अध्ययनका लागि चीन गएका एक ३२ वर्षीय नेपाली विद्यार्थी काठमाडौं आएपछि रुघाखोकी र ज्वरो आए सरुवा अस्पताल पुगेका थिए। 

उनलाई कोरोना भाइरसको लक्षण देखिएपछि गत सोमबारबाट अस्पतालमा भर्ना गरेर विशेष निगरानीमा उपचार गरिएको थियो।

चीनको वुहानबाटै फर्किएका एक नेपाली विद्यार्थीलाई भर्ना गरी पाँच दिनदेखि चिकित्सकहरूको निगरानीमा राखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा राखेर उपचार गरिएको हो।

‘हामीले नेपालमा पनि कोरोना भाइरस देखिन सक्ने जोखिमलाई मध्यनजर गर्दै हिजो राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पनि परीक्षण गर्ने प्रविधि राख्‍नेबारे  छलफलमै छौँ। सरकारीस्तरमा कोरोना भाइरस परीक्षण प्रविधि नभएकाले भाइरस भएको पुष्टि हुन सकेको छैन,‘ डा बाँस्तोलाले भने।

चीनको हुवान् प्रान्तमा अध्यन गरिरहेका नेपाली विद्यार्थी बिरामी भएपछि उपचारकf लागि अस्पताल आएका थिए। उनमा कोरोना भाइरस नै देखिएको भन्‍ने अहिलेसम्म प्रमाणित भइनसकेको डा. बाँस्तोलाले बताए। उनले भने, ‘अहिलेसम्म कुनै पनि नेपालीमा कोरोना भाइरस भएको पुष्टि भइसको छैन, हल्लाको पछाडि नलागौँ, बरु सतर्क बनौँ,‘ उनले भने।

कोरोना भाइरसहरुको एउटा समूह हो। यसले मानिसलाई सामान्य रुघाखोकीदेखि लिएर घातक संक्रमणसम्म गराउन सक्छ। चीनमा यो तीव्र रुपमा फैलिन थालेको छ। जापानमा पनि एकजनामा यो भाइरस देखिएको खबर बाहिर आएको छ।

 नेपालका सरकारी प्रयोगशालमा यसको पुष्टि हुने मापदण्ड छैन। तर नेपालका केही निजी अस्पतालमा भने परिक्षण हुने भएकाले  प्रकोप भएको ठाउँबाट आएका विरामीलाई निगरानीमा राखिएको समेत डा. बाँस्तोलाले बताए।  उनले भने, ‘हामीले चीनको हुवान राज्यमा १४ भन्दा बढी दिन घुमेर नेपाल आएकाहरुलाई निगरानीमा राखिएको छौं।‘

भ्रमण वर्ष प्रभावित हुन सक्ने

हाल नेपालमा भ्रमण वर्ष चलिरहेको छ। पछिल्लो समय नेपाल आउने चिनियाँ पर्यटकको संख्या बढ्दो रहेकोले उनीहरुसँगै रोग पनि आउन सक्नेतर्फ सचेत हुनुपर्ने चिकित्सकहरुले बताएका छन्।

विश्‍व स्वास्थ्य संगठनले विश्वका सबै देशलाई कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै तयारी अवस्थामा रहन भनेकाले नेपाल सरकार चनाखो भएर तयार रहनुपर्ने चिकित्कहरुले सुझाव दिइसकेका छन्।

जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयलेसमेत विज्ञप्ती जारी गर्दै एक स्कुले बालिकामा कोरोना भइरस भएको पुष्टि भएको जनाइसकेको छ।

ताइवानमासमेत फैलिएकोले नेपाल यसको उच्च जोखिममा रहेको बताइन्छ। धेरै भन्दा धेरै पर्यटक नेपाल भित्र्याउनु सके देशको पहिचान फैलाउने सकिने सरकारको भनाइ छ। नेपालमा हालसम्म नदेखिएका प्राणघातक संक्रमण पर्यटकसँगै भित्रिने सम्भावना रहेको चिकित्सकहरुले बताएका छन्।

नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भ पारेर हाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित हेल्थ डेस्कलाई अझ बिस्तार, चुस्त र प्रविधियुक्त बनाउनुपर्ने उनको सुझाव छ। चीनमा नयाँ भाइरसको संक्रमणबाट फैलिएको निमोनियाका कारण धेरैको ज्यान गइसकेको छ

थाइलाइन्ड, जापान र चीनमा देखिएको यो भाइरस मानिसबाट मानिसमा सर्ने गर्छ। चीनमा ४४ जनामा यो भाइरसको संक्रमणपछि निमोनिया भइ अस्पतालमा उपचार गराइरहेका छन्। त्यसमध्ये ११ जनाको स्थिति चिन्ताजनक रहेको बताइएको छ। धेरैमा ज्वरो मात्र देखिए पनि कसै-कसैलाई श्‍वासप्रश्‍वासमा कडा समस्या देखिएको छ।

के हो कोरोनाभाइरस

विश्‍व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरस रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता गम्भीर रोग निम्त्याउने भाइरसको ठूलो समूहको एउटा सदस्य हो। कोरोनाभाइरस भर्खरै पहिचान गरिएको हो। यो जनावरबाट मानिसमा सर्ने भाइरस हो।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरसबाट सङ्क्रमित हुने मानिसहरूमा केही साझा लक्षण देखिन्छन्। ज्वरो आउनु र खोकी लाग्नु, छिटोछिटो सास फेर्नु,श्वासप्रश्वासमा कठिनाइ हुनु,गम्भीर भएमा निमोनिया हुनु, सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु,मिर्गौलाले काम गर्न छोडेर मृत्युसमेत हुन सक्छ। जसले गर्दा यो भाइरसबाट बच्न नियमित रूपमा हात सफा गर्ने, मासु र अण्डा राम्रोसँग पकाएर खाने गर्नु पर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.