|

काठमाठाै‌ं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सूचना प्रविधि विधेयक फिर्ता गर्न दबाब दिने उद्देश्यले ७७ वटै जिल्लाबाट सरकारलाई विराेधपत्र बुझाउने भएकाे छ। जिल्ला पार्टीकाे नेतृत्वमा सबै जिल्लाका जिल्ला प्रशासन कार्यालयमार्फत आइतबार विधेयक फिर्ताकाे माग गर्दै विराेध पत्र बुझाउन लागिएकाे कांग्रेसका प्रवत्ता विश्वप्रकाश शर्माले जानकारी दिए। 

गत पुस १७ गतेकाे केन्द्रीय समितिकाे बैठकले पुस २८ गते नै जिल्ला प्रशासन कार्यालयमार्फत विराेध पत्र बुझाउने निर्णय गरेकाे थियाे। तर, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेल र कृष्ण प्रसाद सिटाैलाले जिल्ला सभापति भेला आह्वान गरेपछि कार्यक्रम माघ ५ गतेलाई सरेकाे हाे।  

'नागरिककाे बाेल्न पाउने अधिकारसमेत कुण्ठित गर्नेगरी तयार भएकाे विधेयक फिर्ता लिनै पर्छ,' उनले भने, 'सामाजिक सञ्जालमा कसैले कसैलाई व्यंग्य गरे पाँच वर्ष जेल र १५ लाख जरिवानालगायतका प्रावधान खारेज गरिनु पर्छ। आलाेचना र व्यंग्य गर्न पाउने नागरिककाे स्वतन्त्र अधिकार हाे। सरकारले आलाेचना हेरेर सच्चिनु पर्‍यो नि!'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.