बजेट खर्च भएन, कृषि उत्पादनमा कमी आउने

|

काठमाडौं : चालु आर्थिक वर्षको बजेटमा सरकारले आर्थिक वृद्धिदर साढे ८ प्रतिशतको हुने लक्ष्य राख्यो। तर लगत्तै अर्थ मन्त्रालयले त्यसलाई संशोधन गरेर ७.१ प्रतिशत कायम गर्‍यो। उक्त संशोधनमा सरकार धेरै टिकेन। अर्थले फेरि आफ्नो अनुमानलाई संशोधन गर्दै बजेट ल्याएको समयकै साढे ८ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको थियो। 

आर्थिक वृद्धिदरको प्रक्षेपण गरिरहेका विश्‍व बैंक, एशियाली विकास बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले पनि यो वर्ष आफैंले गरेको प्रक्षेपण घटाएका छन्।

आइएमएफले  यो वर्ष नेपालमा ६ प्रतिशत मात्रै आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ। आईएफको ५ सदस्यीय टोली नेपाल आएर अध्यययन गरेपछि ६ प्रतिशतसम्म मात्रै आर्थिक वृद्धिदर सम्भव रहेको भनेको छ। 

आइएमएफको टोलीले अर्थमन्त्री डा. युवराज खतिवडा, नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल, निजी क्षेत्रका प्रतिनिधि र अन्य सरोकारवाला निकायसँग छलफल गरी आर्थिक वृद्धिदरको प्रक्षेपण गरेको हो। 

सरकारले विकास खर्च गर्न नसके कृषि उत्पादन घट्ने संकेत लगायतका कारणले आर्थिक वृद्धिदरमा कम रहने आइएमएफले जनाएको छ। ६ प्रतिशतको आर्थिक वृद्धिदरका लागि राजनीतिक स्थायित्व, विद्युतको सहज आपूर्ति र भूकम्पपछिको पुनर्निर्माणमा प्रभाव पर्ने आईएमफको टोलीले उल्लेख गरेको छ।

आइएमएफले यसअघि यस वर्षका लागि नेपालको आर्थिक वृद्धिदरको प्रक्षेपण ६.३ प्रतिशतको गरेको थियो। आफ्नो प्रक्षेपण अन्य संस्थाहरूले पनि घटाएका छन्।

विश्‍व बैंकले यसअघि ७ प्रतिशतसम्मको आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको थियो। तर पछिल्लो रिपोर्टले ६.४ प्रतिशतको मात्रै वृद्धिदर हुन सक्‍ने जनाइसकेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.