काठमाडाैं : प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ‘भिडियो कन्फ्रेन्स’ हुने भएको छ। दुई समकक्षीबीच माघ ७ गते ‘भिडियो कन्फ्रेन्स’ हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। ‘माघ ७ गते दुई प्रधानमन्त्रीबीच भिडियो कन्फ्रेन्स हुने तयारी छ, विषयबस्तुको टुंगो लागिसकेको छैन,’ थापाले भने।
प्रधानमन्त्री सचिवालयले विषयबस्तुको टुंगो नलागेको बताएपनि दुई प्रधानमन्त्रीबीचको ‘भिडियो कन्फ्रेन्स’ मा विराटनगरमा निर्माण सम्पन्न भएको एकीकृत जाँच भन्सार विन्दु (आईसीपीको) उद्घाट हुनेछ।
त्यही अवसरमा ‘गोरखा भूकम्प’पछि भारतीय सहयोगमा पुनर्निर्माण भएका निजी आवास हस्तान्तरण गर्ने कार्यक्रम रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।
‘दुई प्रधानमन्त्रीबीच २१ तारिखको दिन विहान ११ बजे भारतको आर्थिक सहयोगमा नेपालमा बनेका नीजिघर भारतले नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम तय भएको छ,’ प्राधिकरण स्रोतले भन्यो, ‘भिडियो कन्फ्रेन्स’ मा प्रधानमन्त्री ओली सिंह दबारबाट र मोदी दिल्लीबाट जोडिने छन्। ‘गोरखा भूकम्प’ पछि ५० हजार भूकम्प प्रतिरोधी निजी घर बनाउन भारतले आर्थिक सहयोग गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।