|

हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संघीयतामाथि प्रहार भइरहेको बताए।

नेपालमा प्रदेश सरकारको अस्तित्व नै खतरामा रहेको बताएका हुन्। संघीय संंसदको प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको आयोजनामा बागमती प्रदेशको राजधानी हेटौँडामा शुक्रबारबाट सुरु भएको 'विकास र समृद्धिमा अन्तरतह समन्वय' विषयक दुई दिने अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले संघीयता नै धरापमा रहेको अभिव्यक्ति दिएका हुन्। उनले भने,'संविधानले दिएको अधिकारलाई नै पालना गर्न नसक्ने अवस्थामा प्रदेश सरकार छ। काम गर्न सकेको छैन।' 

सामाजिक विकास कार्यालय जिल्ला जिल्लामा लाने तयारी र वन क्षेत्रमा समेत संघ सरकारका एकात्मक शैलीप्रति आक्रोश व्यक्त गरे। उनले भने,'यस्तो पाराले कसरी प्रदेश सरकार अघि बढ्न सक्छ। केही काम गर्न खोज्दा माथिबाट घाँटी नै समात्ने काम हुन्छ। अनि यो पाराले कसरी समृद्धि हासिल हुन्छ।' 

मुख्यमन्त्री पौडेलले कामको वर्गीकरण नहुँदा समेत प्रदेश सरकारले सोचे अनुसारको क्रियाकलाप गर्न नसकेको बताए। प्रदेशले के कस्तो काम गर्ने भन्नेबारे अझै पनि अन्योलता नै रहेकाले त्यो अन्योलता नचिरेसम्म परिवर्तन सम्भव नभएको बताए।

दुई दिनसम्म हेटौंडामा हुने कार्यक्रममा प्रतिनिधिसभा सांसद तथा अर्थ समिति सभापति कृष्णप्रसाद दाहाल, वागमती प्रदेश संसदका विभिन्न विषयगत समितिका सभापतिहरूको उपस्थिति रहेको छ।

कार्यक्रम संघीय संसदको प्रतिनिधिसभा विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काको अध्यक्षतामा भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.