|

धनकुटा : शहीद रामकृष्ण श्रेष्ठ प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता शुक्रबार सुरु भएको छ। शुक्रबार भएको उद्घाटन खेलमा मोरङ ११ विजयी भएको छ। मोरङले धरान फुटबल क्लब सुनसरीलाई २ का विरुद्ध ४ गोल गर्दै पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो। उक्त खेलमा ओमन अफ दी म्याच मोरङ ११ की पवित्रा मगर घोषित भइन्।

प्रतियोगिताअन्तर्गत शनिबार पहिलो खेल धनकुटा फुटबल क्लब र इलाम ११ तथा दोस्रो खेल कन्काई नगरपालिका महिला क्लब झापा र पाँचथर फुटबल क्लब बीच हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा धरान महिला फुटबल क्लब सुनसरी, मोरङ ११, कन्काई नगरपालिका महिला क्लब झापा, पाँचथर फुटवल क्लब, धनकुटा फुटबल क्लब, इलाम फुटबल क्लब, बसाह फुटबल क्लब उदयपुर र कर्ण सिंह सोनाम फुटबल क्लव ताप्लेजुङ गरी ८ टिमको सहभागिता रहेको छ।

प्रतियोगितामा प्रथम हुनेले नगद एक लाख रुपैयाँसहित गोल्ड कप, मेडल र दोस्रो हुनेले नगद ५० हजार रुपैयाँसहित मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ।

धनकुटामा रामकृष्ण श्रेष्ठ  स्मृति प्रतिष्ठानले शहीद रामकृष्ण श्रेष्ठ प्रदेश १ स्तरीय गोल्ड कप महिला फुटबल प्रतियोगिताको आयोजना गरेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.