|

कञ्चनपुर : नेपाल भारतका अधिकारीबीच सीमा सर्वेका क्रममा देखिने विवाद संयुक्त रूपमा बसेर छलफल गरी समाधान गर्न सहमत भएका छन।

शुक्रबार नेपाल भारतका अधिकारीबीच सीमा व्यवस्थापनका सम्बन्धमा भारतीय बजार बनवासामा बसेको बैठकले जीर्ण अवस्थाका सीमा स्तभ मर्मत गर्ने र हराएका सीमा स्तम्भको खाजी गर्ने सहमति गरेका छन्।

सीमा स्तम्भ नम्बर सात सयदेखि आठ सय ११ सम्मको जोर सीमा स्तम्भ भारतले मर्मत गर्ने र विजोर सीमा स्तम्भ नेपालले मर्मत गर्ने, पुनः स्थापन गर्ने समहमती भएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले बताए।

उनका अनुसार कैलालीको खैक्रोलादेखि कञ्चनपुरको खल्लामुसेटीसम्मका सीमा स्तभहरू पुनः निर्माण तथा मर्मतसम्भार गर्ने सहमति भएको छ।

सीमामा हुने अपराध नियन्त्रणका लागि संयुक्त पहल गर्ने, कुनै ठाउँमा विवाद देखिएमा दुवै देशका सुरक्षाकर्मीको आपसी समझदारीमा हल गर्नेलगायतको विषय सहमति भएको  छ।

बैठकमा नेपालको कैलाली र कञ्चनपुर तथा भारतको लखिमपुरखिरी, उद्यमसिंह नगर र चम्पावतका सुरक्षा प्रमुख, नापी कार्यालयका प्रमुखहरू तथा जिल्ला प्रमुखहरूको सहभागीता रहेको थियो।

सहमतीमा नेपालका तर्फबाट कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशीलकुमार वैद्य तथा भारतको चम्पावतका जिल्ला अधिकारी(डिएम) सुरेन्द्र नारायण पाण्डेयले हस्ताक्षर गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.