समाज

काठमाडौंमा बाक्लो हुस्सु, त्रिभुवन विमानस्थलको उडान र अवतरण प्रभावित

माघ ४, २०७६

    काठमाडौं : काठमाडौंमा लागेको बाक्लो कुहिरोका कारण त्रिभुवन विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएको छ।

    बाक्लो कुहिरोका कारण भिजिविलिटी कम भएपछि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै तर्फका उडान र अवतरण अवरुद्ध भएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ।

    काठमाडौं उपत्यकामा बाक्लो हुस्सु लागेको छ। महाशाखाका मौसमविद शान्ति कँडेलका अनुसार विमानस्थलको भिजिविलिटी ५० मिटर मात्र रहेको छ। हुस्सु केही घण्टापछि हट्ने उनले बताइएन्। उडान तथा अवतरण खुलेपछि पनि त्यसको प्रभाव दिनैभर पर्ने विमानस्थल कार्यालयले जनाएको छ ।

    पहाडी क्षेत्रमा लागेको कुहिरो बिस्तारै हटे पनि तराईमा लागेको कुहिरो हट्न समय लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

    अहिले काठमाण्डौसहित धेरैजसो ठाउँमा बाक्लो कुहिरो लागेका कारण सडकमा गाडी चलाउन र पैदल हिँड्न पनि समस्या भएको छ । भिजिविलिटी कम भएकाले विस्तारै गाडी चलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

    शनिबार दिउँसोसम्म मौसम आंशिकदेखि समान्य बदली हुने र केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ। ठूलो वर्षा र हिमपात भने नहुने मौसमविद कँडेलले बताइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]