आयोगमा पदाधिकारी सिफारिस गर्ने तयारी

|

काठमाडौं:  सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा पदाधिकारी सिफारिस गर्ने तयारी गरिएको छ। सिफारिसका विषयमा छलफल गर्न आयोग पदाधिकारी सिफारिस समितिको बैठक बसिरहेको छ।

बैठक कानुन मन्त्रालयमा जारी रहेको समितिका सदस्य प्रेमबहादुर खड्काले जानकारी दिए। दुवै आयोग गत चैतदेखि पदाधिकारीविहीन छन्। सत्तारूढ र प्रतिपक्षी दलले सत्यनिरुण तथा मेलमिलाप आयोग ऐनबारे छलफल चलाईरहेका बेला समितिले आयोग पदाधिकारी सिफारीस गर्न लागेको हो।

समितिले सत्यनिरूपणको अध्यक्षमा प्रा. गणेश भट्ट र वेपत्ता छानविन आयोगमा युवराज सुवेदीलाई सिफारिस गर्ने तयारी गरेको स्रोतले जनाएको छ। सदस्यहरू पनि आयोगका पूर्व-सदस्यहरुलाई नदोहोर्‍याउने तयारी गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.