|

अमेरिकामा भएको गोलीकाण्डमा परी कम्तीमा चारजनाको मृत्यु भएको छ।

 युटा राज्यमा शुक्रबार राति भएको घटनामा परी उनीहरूको मृत्यु भएको स्थानीय प्रहरी अधिकारीहरूले जानकारी दिएका छन्।

शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकिएको पनि प्रहरी अधिकारीहरूको भनाइ छ। 

प्रदेशको राजधानी शहर साल्टलेक सिटीसँगै जोडिएको ग्रान्ट्सभिल्ले भन्ने ठाउँमा गोलीकाण्ड भएको हो।

'सरकारी अधिकारीहरू घटनास्थलमा पुगेर चारजनाको मृत्यु भएको पुष्टि गरेका छन्,' ग्रान्ट्सभिल्लेका एकजना प्रहरी अधिकृत होन्डा फिल्डसले भने।

उनले घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको र घाइते पाँचजनाको अस्पतालमा उपचार भइरेको जानकारी दिए।

आक्रमण गर्ने र पीडितहरू एउटै परिवारका हुन की होइनन् भन्ने अहिले यकिन भइनसकेको पनि उनले बताए। घटनाको विवरण प्रहरीले अझै दिएको छैन ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.