|

जनकपुरधाम : सिरहामा 'डिजे साउण्ड सिस्टम' लोड गरिएको ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। ट्याक्टरमा सवारमध्ये पाँचजना घाइते पनि भएका छन्।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत गोलबजार नगरपालिका-७ चोहर्वा चोकनजिकै स. १ त ६५६० नम्बरको ट्याक्टर दुर्घटना भएको हो। दुर्घटनामा लहान नगरपालिका-१३ का २१ वर्षीय सन्तोष कुमार यादव र सिरहाकै धनगढी नगरपालिका-१२ का २२ वर्षीय श्रीप्रसाद मण्डलको मृत्यु भएको गोलबजार प्रहरीले जनाएको छ।

ट्याक्टरमा १३ जना सवार थिए। तीमध्ये पाँचजना घाइते पनि भएका छन्। उनीहरूको उपचारका लागि लहान लगिएको छ। बाख्रालाई जोगाउन खोज्दा ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिए। उनका अनुसार घाइतेहरू खतरामुक्त रहेको बुझिएको छ।

मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि प्रहरीले रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहान लगिएको छ। दुर्घटना भएको ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.