|

अर्घाखाँची : सडकमै टिपर पल्टिएपछि अवरुद्ध भएको गोरूसिङगे-सन्धिखर्क सडकखण्ड एकतर्फी रूपमा सुचारू भएको छ।

गोरूसिङगेबाट गिट्टी लिएर सीतापुर जाँदै गरेको लु. २ ख २०५९ नम्बरको टिपर शनिबार बिहान साढे ९ बजे गिट्टी झार्ने क्रममा सीतापुर बूढीचौर बजारमा सडकमै अनियन्त्रित भई पल्टिँदा करिब ३ घण्टा गोरुसिङगे-सन्धिखर्क सडकखण्ड अवरुद्ध भएको थियो।

प्रहरी र स्थानीयको प्रयासपछि सडकमा पल्टिएको टिपरलाई 'साइड' लगाएपछि दर्जनौ रोकिएका सवारी साधन आ-आफ्नो गन्तब्यमा लागेका छन्। दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.