|

 राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अयातोल्ला अली खामेनीलाई ‘उनका शब्दहरूप्रति होसियार बन्न’ चेतावनी दिए। 

'पछिल्लो समय साख गुमाइसकेका इरानका तथाकथित ‘सर्वोच्च नेता’ले युरोप र अमेरिकाबारे ‘नीच शब्दहरू’ बोलेका छन्,' शुक्रबार खामेनीद्वारा प्रार्थनासभामा सम्वोधनका क्रममा प्रयोग गरेका शब्दहरूप्रति चासो व्यक्त गर्दै अमेरिकी राष्ट्रपतिले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्। ट्रम्पले भने, 'खामेनीको सम्बोधनमा प्रयोग भएको भाषा उत्तेजित थियो। खामेनीले बेलायत, फ्रान्स र जर्मनीलाई ‘अमेरिकाको सेवक’ भनेर गम्भीर गल्ती गरेका छन्।' 

ट्विट सन्देशमा भनिएको छ, 'इरानको अर्थतन्त्र धराशायी भएको छ। त्यहाँका नागरिक पीडित छन्। नेतृत्वमा रहेका नेताले आफ्नो भाषा (शब्द) प्रयोगमा होशियारी नअपनाएमा यसको नतिजा उनीहरू आफैँले भोग्नुपर्नेछ।' उनले शुक्रबार तेहरानको प्रसिद्ध मोसाला मस्जिदमा प्रार्थनासभामा सन् २०१२ पछि पहिलो पटक सम्वोधन गर्दै इरानविरोधी शक्तिले दुर्घटनालाई इस्लामिक गणराज्यविरूद्धमा प्रचारप्रसार गर्न लागि परेको बताए।

प्रवचनमा इरानी नागरिकलाई राष्ट्रियताको रक्षाका लागि एक हुन आग्रह गर्दै अमेरिकालगायत युरोपेली केही मुलुकको नाम लिएरै आलोचना गरेका थिए। सर्वोच्च नेता खामेनीले तेहरानमा गरेको सम्बोधनमा विमान खसालिनु तीतो यथार्थ भएको बताका थिए। उाले यसले हरेक इरानी नागरिकको मन जलेको बताउँदै अएका थिए। तर यसैको आवरणमा केही शक्तिले इरानी विशेष बलका मेजर जनरल कासिम सुलेमानीको शहादत र बलिदानलाई बिर्साउने गरी घटनालाई अतिप्रचारमा ल्याएकाले यसमा सबै इरानीले सचेत बन्नुपर्नेमा जोड दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.