|

काठमाडौं : काठमाडौं उपत्यकामा २४ घण्टाभित्र २९ वटा सवारी दुर्घटना भएको छ। दुर्घटनाका कारण एकजनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। 

यस्तै, बितेका २४ घण्टाभित्र उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १२ सय ३७ चालकमाथि कारबाही भएको छ। जसमध्ये एकसय ११ जनाले मादक पदार्थ सेवन गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ।

फूटपाथमा सवारीसाधन पार्किङ्ग गर्ने १०६, बढी भाडा लिने तथा मिटरमा जान नमान्ने ५५ जना ट्याक्सी चालक र जेब्राक्रसमा साधन रोक्ने २३ जनामाथि कारबाही भएको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.