झापा : झापामा गएराति मोटरसाइकल चोरिरहेका दुई युवकलाई स्थानीयले रंगेहात पक्राउ गरेका छन्।
पक्राउ पर्नेमा सप्तरी जिल्ला सुरुङगा नगरपालिका–२ बस्ने २४ वर्षीय किरण बस्नेत र सोही ठाउँका २७ वर्षीय सुदर्शन गेलाल रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
राति ९ बजेतिर बिर्तामोड नगरपालिका–५ स्थित मुक्तिचोकमा पार्किङ गरी राखिएको को ३२ प १६९९ नम्बरको मोटरसाइकल चोरी गर्दागर्दै निजहरुलाई स्थानीयले पक्राउ गरी इलाका प्रहरी कार्यालय अनारमनिलाई जिम्मा लगाएका हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।