|

काठमाडौं :  गायिका आस्था राउतविरुद्ध प्रहरीले अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको छ। काठमाडौं प्रहरी परिसरमा मुद्दा दर्ता भएको प्रहरीले बताएको छ।

गत बुधबार झापाको भद्रपुर हुँदै दार्जिलिङ जाने क्रममा त्रिभुवन विमानस्थलमा भएकाे विवादका बारेमा सामाजिक सञ्जालमा विवादित अभिव्यक्ति दिएपछि उनीविरुद्ध अभद्र मुद्दा दर्ता भएको हो। 

महिला प्रहरीमाथि दुर्व्यवहार गरेकीले उनीमाथि मुद्दा दर्ता गरिएको  प्रहरीले जनाएको छ। काठमाडौं प्रहरी परिसरकाअनुसार अब जिल्ला प्रशासनबाट आस्थाविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनलाई प्रकाउ गरी कारवाही अगाडि बढाइने छ। प्रहरी परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले अब प्रशासनबाट प्रकाउ पुर्जी जारी भएपछि कारबाही अगाडि बढाइने बताए।

अभद्र व्यवहारमा २५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न र एक वर्षसम्म जेल सजायको व्यवस्था प्रमुख जिल्ला अधिकारीले गर्न सक्ने अधिकार रहेको एसएसपी सुवेदीले बताए।

राउतले बुधबार नै सामाजिक सञ्जाल फेसबकुमार्फत प्रहरीलाई गाली गरेको भिडियो सार्वजनिक गरेकी थिइन्। विमानस्थलमा खटिएकी प्रहरी जवान रमीता श्रेष्ठले आस्थाविरुद्ध दिएको जाहेरीका अधारमा प्रहरीले मुद्दा दर्ता गरेकी हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.