७० वर्षपछि पहिलोपटक राजनीतिक स्थिरता

|

काठमाडौँः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै एकजुट भएर लाग्‍ने बेला भएको बताएका छन्। 

खुमलटारस्थित निवासमा बुधबार भएको पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उनले फुटेर गएका सबैजना एकैठाउँमा मिलेर जान आवश्यक भएको प्रष्टाए।

‘सुतिरहेका साथीहरु ब्युँझिनु हुन्छ र सँगै हिड्नुहुन्छ आउनुहुन्छ भन्‍ने लाग्छ,’ उनले भने, ‘सदन भित्र र बाहिर सबै एकजुट भएर जानुपर्छ। त्यसैले जनताको सेवामा काम गर्न सकिन्छ।’

अध्यक्ष दाहालले समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवमाथि कटाक्ष गरे। 'अशोक राई र बाबुराम भट्टराई  बाहिर निरीह भएर बस्नुभएको छ भन्‍ने सुनेको छु', व्यंग्यात्मक शैलीमा उनले भने, 'तर मलाई सबै थाहा छैन। त्यसैले फरक चुल्हो चौका बनाएर होइन, एकैठाउँमा जुटेर अगाडि बढ्नुपर्ने आवश्यकता छ।'

सरकारसँग असन्तुष्ट भएर बाहिरिएका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाईसमेत नेकपामा फर्कन उनले आग्रह गरे। देशको आर्थिक र सामाजिक विकासका लागि सबै एकैठाउँमा आउन आवश्यक उनले भएको औल्याए। 

समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सार्थकता दिन राजानीतिक दल एकजुट हुनुपर्ने उनले प्रष्टाए। देशलाई समाजवादी दिशामा लान सदन र बाहिर सबै दल एकजुट हुनुपर्ने उनले दोहोर्‍याए।

लामो कसरतपछि संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र आएको उनले स्मरण गरे। संविधान जारी भएपछि तीन तहको निर्वाचन गर्न सफल भएका छौँ', उनले भने, 'नेपाली राजनीतिमा ७० वर्षपछि पहिलोपटक राजनीतिक स्थिरता कायम भएको छ।' राष्ट्र र जनाताका निम्ति काम गर्ने अवसर आएको पनि उनले उल्लेख गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.