|

प्यूठान : प्यूठानमा श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्।

नौबहिनी गाउँपालिका-१ स्याउलिवाङ निवार्षि ५५ वर्षीय मनप्रसाद शेरचनले आफ्नी श्रीमती ५४ वर्षीया निलमणी सेरचनलाई कुटपिट गरी पुस ९ हत्या गरेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुमार कार्किले बताए।

हत्यापश्चात सोही दिननै उनलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको थियो। मनप्रशादलाई आवश्यक अनुसन्धानपश्चात जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षको लागि कारागार पठाइएको प्रहरी कार्यालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.