|

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज सातौँ चरणका अन्तिम दुई खेल हुँदैछन्। 

एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो १२ बजे सुरु हुने पहिलो खेलमा ब्रिगेड ब्वाईज र संकटा क्लब भिड्दैछन्। ब्रिगेड ब्वाईज आफ्ना ६ वटा खेलबाट ७ अंक जोडेर तालिकाको दशौं स्थानमा छ भने संकटा समान खेलबाट ८ अंक जोडेर आठौँ स्थानमा छ। 

त्यस्तै दिउँसो ३ बजे दशरथ रंगशालामा हुने अर्को खेलमा च्यासल युथ क्लब र त्रिभुवन आर्मी भिड्नेछन्। तालिकाको शीर्ष स्थानमा रहेको विभागीय टोली आर्मीले ६ खेलबाट १३ अंक जोडेको छ। च्यासल युथ क्लब भने ६ खेलबाट जम्मा ६ अंक जोडेर १२ औँ स्थानमा रहेको छ। आजको खेल जितेमा आर्मीले लिग तालिकामा उपाधि दाबेदारीलाई झन नजिक लैजाने छ। आजको खेल जिते उसको स्पष्ट १६ अ‌ंक हुने छ। 

यसअघि हिजो भएका खेलमा न्युरोड टिम एनआरटीले विभागीय टोली एपीएफविरुद्ध ३–२ गोलको जित निकालेको थियो। त्यस्तै अर्को खेलमा फ्रेन्ड्स क्लबले सरस्वती क्लबविरुद्ध ४–१ गोलको जित निकालेको थियो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.