|
फाइल तस्बिर

 काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सभामुखको विषयलई लिएर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमाथि कटाक्ष गरेका छन्। 

दुई महिना हुन लागेको अवस्थामा नेकपाले सभामुखको उम्मेदवारमा अग्‍नि सापकोटालाई उठाउने निर्णय गरेपछि प्रवक्ता शर्माले कटाक्ष गरेका हुन्। 

सभामुखका लागि अग्‍नि सापकोटालाई छानिनु उचित नभएको उनको तर्क छ। 'नेकपाले सभामुखका लागि व्यक्ति छनोट गर्न सकेन', उनले भनेका छन्, 'पदको गरिमाअनुसार व्यक्ति छनोट गर्न नसकिए संसदीय गरिमा र राजनीतिप्रति वितृष्णा हुन्छ।'

‘राजनीतिमा अनेक पात्र र प्रवृत्ति हुन्छन् । कुन पदमा कस्तो प्रवृत्ति? छनौट उचित भएन भने त्यो पदको गरिमा त धरापमा पर्छ नै राजनीतिप्रति नै थप वितृष्णा बढ्छ। श्री पशुपतिनाथले बहुमतधारी नेकपालाई सतबुद्धि प्रदान गरुन्,’ उनले ट्वीटरमा लेखेका छन्। 

त्यस्तै उनले दल या सरकारको नेतृत्व भन्दा संसदको नेतृत्व फरक गरिमा, शालिनता र सन्तुलनको संस्कारगत छवि हुनुपर्ने बताएका छन्।

‘दल या सरकारको नेतृत्वभन्दा ‘संसद’ को नेतृत्व फरक गरिमा, शालिनता र सन्तुलनको संस्कारगत छविसमेत अनुभूति हुनुपर्ने जिम्मेवारी हो,’ उनले भनेका छन्। 

प्रवक्ता शर्माले अदालतमा विचारधिन मुद्दाबाट उन्मुक्ति दिने अधिकार राख्‍ने थलो  राजनीतिक दल या संसद हो? भन्दै प्रश्‍नसमेत गरेका छन्। 

‘सत्यनिरुपणको टेबुलमा थियो त अलग कुरा, अन्यथा अदालतमा विचाराधीन मुद्दामा उन्मुक्ति दिने अधिकार राख्‍ने थलो हुन्, राजनैतिक दल या संसद ?’ उनले सोधेका छन्। 

नेकपाले आइतबार साँझ अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेपछि कांग्रेस प्रवत्ता शर्माले यस्तो प्रतिक्रिया दिएका हुन्। सभामुखको लागि सिफारिस भएका सापकोटालाई व्यक्ति हत्याको आरोप छ।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.