|

काठमाडौं : उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले एउटा अप्रत्यासित र अस्वभाविक परिस्थितिका कारण विगत केही समयदेखि प्रतिनिधिसभाको सभामुख पद रिक्त भएको स्मरण गराएकी छन्।

'यसबारेमा तपाईंहरुलाई अवगत नै छ। सार्वभौम सदको महत्वपूर्ण अंग लामो समयदेखि सभामुखविहीन हुँदा उत्पन्‍न जटिलता र समस्याको विषयमा जानकी छौँ', उनले भनिन्, 'यस्तै स्थिति कायम रहनु हुँदैन। मैले यसबारेमा पटक पटक सम्बन्धित पक्षसँगको ध्यानकर्षण गराएको थिएँ।'

तुम्बाहाङ्फेले अन्योलपूर्ण अवस्थामा उपसभामुख पद रिक्त गर्नु हुँदैन भन्‍ने अडान स्मरण गराइन्। 'ठोस उपलब्धीपछि मार्गप्रशस्त गर्छु भनेकै थिएँ', उनले थपिन्, 'समावेशी लोकतन्त्रिक अभ्यासबाट अघि बढ्नुपर्छ। उच्च ओहदामा समाजका सबै अंगको उपस्थिति हुनुपर्छ।'

अहिलेको अन्योलमा निकास दिन भएको छलफललाई आफूले सुक्ष्म ढंगले हेरेको पनि उनले बताइन्। 'सभामुख पदमा संसदको सबैभन्दा ठूलो पार्टीको दाबी रहने भएकोले मैले मार्गप्रशस्त  गरेकी छु', उनले भनिन्, 'एउटा महिला मात्रै होइन, एकल र जनजाति महिलाकारुपमा यो पदमा पुगेँ। एउटा एकल महिलाकारुपमा  मैले सर्वोच्च अंगको नेतृत्व गर्न पाएँ।'

उनले यसको श्रेय लोकतान्त्रिक प्रणाली र राजनीतिक दललाई जाने उनले बताइन्। 'म यहाँसम्म पुग्नुको श्रेय लोकतान्त्रिक प्रणाली र राजानीतिक दललाई दिन्छु', उनले भनिन्,'मेरो यात्रा जारी छ। राज्यका निकायमा समावेशी बनाउने कार्यमा अझै सक्रिय हुनेछ। मैले कर्तव्य निर्वाहका क्रममा सहयोग गर्नेलाई धन्यवाद!'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.