|

इटहरी : प्रदेश लोकसेवा आयोगका अध्यक्षसहितको पदाधिकारी नियुक्त गर्न तीन जनाको नाम सिफारिस भएको छ। आयोगको अध्यक्षमा खोटाङका उत्तमकुमार भट्टराईलाई नियुक्त गर्न सिफारिस गरिएको छभने सदस्य टीकादत्त राई र सीमा आभाष सिफारिस भएका छन्।

सत्तापक्षको तर्फबाट अध्यक्ष सिफारिस भएका भट्टराई पूर्वकृषि सचिव, सदस्य राई प्रदेश १ मुख्यमन्त्री कार्यालयका सचिव हुन्। नियुक्तिका लागि सिफारिस भएमध्ये सिमा आभाष कांग्रेसको कोटाबाट सदस्य भएकी हुन्। उनी साहित्य क्षेत्रमा सक्रिय छन्।

सोमबार प्रदेश १ को लोकसेवा आयोग गठनसम्बन्धी ऐन २०७६ अनुसार सिफारिस समितिले तीन जनाको नाम प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको हो। प्रदेश लोकसेवा आयोग सिफारिस समितिमा मुख्यमन्त्री, सभामुख र प्रमुख विपक्षी दलका नेता रहने प्रावधान छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.