|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले प्रतिनिधि सभाको सभामुखमा प्रस्तावित अग्‍नि सापकोटाको बचाउ गरेको छ। काभ्रेका अर्जुन लामाको अपहरणपछि भएको हत्यामा सापकोटाविरुद्ध सर्वोच्चमा चलिरहेको मुद्दालाई लिएर नेकपाले यस्तो भनेको हो। 

नेकपाका सांसद कृष्णभक्त पोखरेलले सभामुखका लागि उम्मेदवार तोकिएका अग्‍नि सापाकोटा हरेक हिसाबले उपयुक्त रहेको बताए। आन्दोलनको अगुवा, विगतमा भइसकेकाले सापकोटाको उम्मेदवारी उपयुक्त रहेको तर्क पोखरेलले गरे।

द्वन्द्वकालिन विषयहरुका हकमा सापकोटाको मात्रै नभएर सबैका मुद्दाहरु उठ्ने उनको भनाई थियो। 'द्वन्द्वकालिन विषयहरु उठाउने हो भने उहाँको मात्रै होइन। सबैका कुरा उठ्छन नी', पोखरेलले भने,'त्यसैले द्वन्द्वकालिन विषयहरु आयोगको माध्यमबाट समाधानतर्फ लानुपर्छ उहाँ (सापकोटा) योग्य नेता हुनुहुन्छ ।'

सांसद पोखरेलले सभामुख डा. शिवमाया तुम्बाहाङ्फेलाई नेकपाले सभामुख नबनाएकोबारे पनि बचाउमा उत्रिए। ‘उपसभामुख हुनेबित्तिकै सभामुखको उम्मेदवारका लागि उपयुक्त हुन्छ भनेर सोच्‍नु गलत हो', उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.