|

जुम्ला : पातारासी गाउँपालि–२ बाँतामा ट्रयाक्टर दुर्घटनामा एक बालकको मृत्यु भएको छ। तीनजना घाइते भएका छन्। 

मुत्यु हुनेमा बाँताका सात वर्षीय सुदीप बुढा रहेका छन्। सोमबार साँझ भएको दुर्घटनामा १० वर्षीय कमल बुढा, पातारासी, हीराबहादुर महतारा र पेरेगाउँका ट्रयाक्टर चालक  विजय कामी घाइते छन्। उनीहरुमध्ये बुढा र कार्मीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए। घाइतेहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

सोमबार साँझ बाँतागाउँबाट मकै बोकेर जुम्ला बजारतर्फ आउँदै गरेको  भे १ त ७३ ८५ नम्बरको ट्रयाक्टर दुर्घटनामा परेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.