|

हेटौंडा : मकवानपुरको उत्तरीक्षेत्रस्थित पर्यटकीय नगरीको रुपमा परिचित थाहा नगरपालिकामा आठजना भारतीय पर्यटक अचेत अवस्थामा भेटिएका छन्। 

थाहानगरपालिका–४ स्थित सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमा होटलमा सोमबार रात बिताएका आठजना पर्यटक अचेत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले जानकारी दिए।

उनका अनुसार घटना स्थलमा प्रहरी पुगेर अनुसन्धान गरिरहेको छ। स्थानीय थाहा नगरपालिका होटल एसोसिएसनका अध्यक्ष शिवकुमार खत्रीका अनुसार आठजना अचेत अवस्थामा रहेको र उनीहरुलाई हेलिकप्टरमार्फत् काठमाडौै लगिएकाे छ। 

‘दुईजना बस्नुपर्ने कोठामा आठजना बसेको रहेछन्' उनले भने, 'जसको कारण अक्सिजनको अभावमा अचेत भएको हुनसक्छ।’

अध्यक्ष खत्रीका अनुसार उनीहरुले सोमबार राति मदिरा समेत सेवन गरेका थिए। १५ जनाको समूह दामान पालुङ घुम्न आएको र एउटा कोठामा सातजना अर्कोमा आठजनाले रात बिताएका थिए।

‘मंगलबार राति १ बजेको समयमा होटलको रिसेप्सनमा बसेकालाई थर्काएर ग्यास सिलिण्डर बालेर बसेको कारण अक्सिजनको अभावमा यस्तो भएको हुनसक्छ।’, खत्रीले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.