राजनीति

कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने

फाइल
माघ ७, २०७६

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख पदको लागि उम्मेदवारी नदिने भएको छ। केहीबेर अघि सकिएको कांग्रेसको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको सचेतक पुष्पा भुसालले थाहा खबरलाई जानकारी दिइन्।

    ‘हाम्रो बैठकमा सभामुखमा उम्मेदवारी नदिने निर्णय भयो,’ उनले भनिन्, ‘नेकपासँग स्पष्ट बहुमत पनि भएको र सभामुख पद तटस्थ हुनुपर्ने भएकोले कांग्रेसले उम्मेदवारी दिँदैन।’ उनका अनुसार संसदीय दलको बैठकमा उपसभामुख पदमा उम्मेदवारी दिने या नदिने विषयमा छलफल नै भएन। 

    निवर्तमान सभामुख कृष्णबहादुर महरा सभामुख हुँदा पनि कांग्रेसले सभामुख पदमा उम्मेदवारी दिएको थिएन। अहिले कांग्रेसले नेकपासँग छलफल गरी उपसभामुख पद आफूले पाउनुपर्ने बताउँदै आएको छ। संविधानअनुसार सभामुख र उपसभामुख पद फरक दल र फरक लिंगको हुनुपर्ने छ। 

    नेकपाले सभामुख पदको लागि अग्‍निप्रसाद सापकोटालाई उठाउने निर्णय गरिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]