|

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसै वर्ष नेपाल भ्रमण गर्ने बताएका छन्। मंगलबार विराटनगरको एकीकृत जाँच चौकीको भिडियो कन्स्फ्रेन्समार्फत गरिएको उद्‍घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणको लागि दिएको निम्तोलाई मोदीले स्वीाकर गरेका हुन्। 

नरेन्द्र मोदी दोस्रोपटक प्रधानमन्त्री भएपछि नेपाल आएका छैनन् भने नपालमा पनि केपी शर्मा ओली दोस्रोपटक प्रधानमन्त्री भएका छन्। ‘यसै वर्ष नेपाल आउने कार्यतालिका बनाउँदैछु, नेपालमा नेपालीहरुको दर्शन गर्ने अवसर पनि पाउने छु,’ ओलीको निम्तोलाई स्वीकार्दै मोदीले भने।

मोदीले अघिल्लो कार्यकालमा भने मोदी विभिन्न कार्यक्रम सहभागी हुन ४ पटक नेपाल भ्रमणमा आएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.