समाज : सुरक्षा/अपराध

मकवानपुरबाट अचेत अवस्थामा उद्धार गरिएका सबै भारतीयको मृत्यु

माघ ७, २०७६

    काठमाडौं : मकवानपुरको सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमाबाट अचेत अवस्थामा उद्धार गरी काठमाडौं ल्याइएका आठ जना भारतीय नागरिकको मृत्यु भएको छ। 

    होटलमा बेहोस अवस्थामा भेटिएका उनीहरुलाई मंगलबार बिहान हेलिकोप्टरबाट उद्धार गरी काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा ल्याइएको थियो। अस्पतालमा ल्याइएका आठैजनाको मृत्यु भएको अस्पतालका मार्केटिङ एक्ज्युकेटिभ रोशन अधिकारीले जानकारी दिए।

    अहिले मकवानपुर प्रहरीले घटनास्थलमा अनुसन्धान गरिरहेको छ।  ‘दुईजना बस्नुपर्ने कोठामा आठजना बसेका र उनीहरुले अत्याधिक मदिरा सेवन गरेको खुलेको छ। १५ जनाको समूह दामान पालुङ घुम्न आएको र एउटा कोठामा सातजना अर्कोमा आठजनाले रात बिताएका थिए।

    मकवानपुरका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीका अनुसार मंगलबार राति १ बजेको समयमा होटलको रिसेप्सनमा बसेकालाई थर्काएर कोठामा ग्यास सिलिण्डर लगेर बालेका थिए। झ्याल थुनेर ग्याँस हिटर बालेका कारण उनीहरुको ज्यान गएको हुनसक्ने प्रहरीले आंकलन गरेको छ।

अमृत चिमरिया

चिमरिया थाहा खबरका मकवानपुर समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]