पकाएपछि चपाउँदा नचपिएको दाबी

|

पर्वत : बजारमा प्लास्टिकको चामल आएको र त्यसले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर गरिरहेको चर्चा चलिरहेको बेलामा पर्वतमा पनि प्लास्टिकको चामल हुन सक्ने आशंका गरिएको छ।

कुस्मा नगरपालिका-५ मेलमिलाप चोकमा पसल सञ्चालन गर्दै आएका प्रेम जैसी लामिछानेले उपभोग गरिरहेको चामल प्लास्टिकको हुन सक्ने आशंका गरेर ल्याब परीक्षणको लागि काठमाडौं पठाउन लागिएको छ।

लामिछानेका अनुसार खाना खाने बेलामा सामान्य खालको चामल जसरी नचपिएपछि त्यो चामल प्लास्टिकको हुन सक्ने अनुमान गरिएको हो।

‘बिहान आमा छोरीले खाना खान लागेका रहेछन्, छोरीले राम्रोसँग चामल चपाउन नसकेपछि डल्लो पारेर टेबलमा बजार्दा उफ्रिएछ’ उनले भने, ‘शंका लागेपछि हामीले तुरुन्तै जिल्ला प्रशासन कार्यालयमा खबर गरेका थियौँ।’ झन्डै १० दिन त्यही बोराको चामल खाइसकेको उनको भनाइ छ।

जिल्ला प्रशासन कार्यालय र उद्योग वाणिज्य संघको टोलीले अनुगमन गरी बोरामा रहेको चामलको नमुना खाद्य तथा गुणस्तर विभागमा अनुसन्धानका लागि पठाएको सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुवेदीले बताए। शंकास्पद भेटिएपछि उक्त ब्रान्डको चामल कुस्माबजारमा बिक्रीका लागि रोकसमेत लगाइएको छ।

प्लास्टिकको भएको हुन सक्ने आशंका गरिएको बोरा २५ किलो तौलको छ। उक्त चामल गणेश खाद्य उद्योग पुरानो पर्सा बजार, चितवनले उत्पादन गरेको हो।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.