|

काठमाडौं : नागरिकको व्यवहारले मुलुकको सभ्यता झल्काउँछ। कुरा त सबैले ठूलै गर्छन्, तर साना-साना कुराको पनि ख्याल राखेको पाइँदैन। राजधानी काठमाडौंको सडकमा नियाल्ने हो भने यात्रुहरुले सामान्यभन्दा सामान्य अनुशासन पनि पालना गरेको देखिँदैन।

करोडौँ खर्चिएर सरकारले आकाशे पुल बनाएको हुन्छ, तर हामी त्यहीँमूनिबाट बाटो काटिदिन्छौँ। यसले स्वयम् आफ्नै जीवन त जोखिममा पर्छ नै ट्राफिक व्यवस्थापनमा पनि समस्या खडा हुन्छ। हुन त हामीकहाँ सबै ठाउँमा आकाशे पुल छैन, बनाउने पनि किन ? भएको ठाउँमासमेत हामीले त्यसको प्रयोग गर्दैनौँ।

यसैक्रममा राजधानीको व्यस्त स्थान रत्नपार्क तथा टुँडिखेल आसपासमा पर्याप्त पुल हुँदाहुँदै पनि सडकबाट जथाभावी क्रश गर्नेहरुलाई हामीले क्यामेरामा कैद गरेका छौँ।

हेर्नुहोस् १५ तस्बिर:

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • चेतना शुन्यताको काष्ट ।

  • Good article for social awareness but in the second picture, the girl is crossing the road using Zebra Crossing which is what she is supposed to use. We can use any means either zebra crossing or sky bridge. It is wise to remove the picture.