|

मंगलबारदेखि अस्ट्रेलियाको पूर्वी भागमा आएको भीषण आँधीबेहरीका कारण  करिब ३० हजार घरमा विद्युत लाइन अवरुद्ध भएको छ। मंगलबार बेलुका राजधानी क्यानबेरातर्फ फैलिएको आँधी पूर्वतिर अघि बढ्दै बेलुका साउथ न्यु साउथ वेल्स, क्वीन्सल्याण्ड र भिक्टोरियासम्म पुगेको थियो।

राज्य आपतकालीन सेवा (एसइएस) का अनुसार सहयोगका लागि सिड्नीको दक्षिणी उपनगरबाट मध्यरातमा आठ सयभन्दा बढी टेलिफोन कल आएका थिए। मुख्यतया यी फोनहरू भाँचिएका रूखका डरले आएको एसइएसका निर्देशक पल बेलीले स्काई न्यूजलाई बताएका छन्।

रुखले सडकमा गुडिरहेका कैयौँ कारमा सवार मानिसहरूलाई थिचेको थियो। केही भागमा प्रतिघण्टा १०० किलोमिटरका हिसाबले आँधीबेहरी आएको बताइएको छ। सिडनीको पश्चिममा रहेको ब्रिन्जेली सपिङ सेन्टरको छानाका केही भागहरू हावाले उडाएको स्थानीय सञ्चार माध्यमले जनाएको छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.