|

काठमाडौं : सरकारले सडक सवारी तथा यातायातका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ मा जथाभावी सडक काट्ने यात्रुलाई एक हजार रुपैयाँ जरिवाना गर्ने प्रस्ताव गरेको छ। 

मस्यौदामा ट्राफिक प्रहरीको इसारा उल्लंघन गरेमा तीन हजार, निषेधित क्षेत्रमा हर्न बजाएमा दुई हजार, मोबाइल प्रयोग गरी सवारी चलाएमा पाँच हजार, सडक अनुशासन उल्लंघन गर्ने पैदल यात्रुलाई एक हजार, मादक पदार्थ सेवन गरी सवारी चलाएमा पाँच हजार, तर त्यस्तो सवारी सार्वजनिक भएमा १० हजार रुपैयाँ जरिवाना लिने व्यवस्था गरेको छ। त्यसै गरी मिटर ट्याक्सीले मिटरमा जान नमानेमा १५ हजार रुपैयाँ जरिवाना प्रस्ताव गरिएको छ।

विधेयक लागू भएमा मध्यम र लामो दूरीमा यात्रा गर्ने सबै यात्रुले अनिवार्य रुपमा सुरक्षा पेटी बाँध्नुपर्नेछ। यस्तै, मोटरसाइकल तथा अन्य त्यस्तै दुई पाङ्ग्रे सवारी चलाउँदा चालक तथा पछाडि बस्ने यात्रुले सुरक्षा टोप (हेल्मेट) लगाउनुपर्ने व्यवस्था गरेको छ।

हाल यो विधेयक छलफलकै क्रममा छ। सरकारले सरोकारवालासँग पनि छलफल गरेर विधेयक ल्याएको जनाएको छ, यो खबर राजधानी दैनिकमा छापिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.