|

काठमाडौं : पर्यटन बोर्डको सिइओ छनोट सिफारिसमा यतीका सल्लाहकार नपरेपछि प्रधानमन्त्री कार्यालयले छनोट प्रक्रिया रोकिदिएको छ।

सिइओ छनोट उपसमितिले यती समूहका सल्लाहकार बच्चुनारायण श्रेष्ठलाई सिफारिस नगरेपछि प्रधानमन्त्री कार्यालयले हस्तक्षेप गरेका हो। श्रेष्ठ दुई महिनाअघि प्रधानमन्त्री कार्यालयकै सिफारिसमा ‘भिजिट नेपाल २०२०’को सचिवालय सदस्यसचिवमा नियुक्त भएका थिए।

बोर्डको नियमावली ०५५ बमोजिम छनोट उपसमितिले प्रतिस्पर्धीमध्येबाट तीनजनाको नाम सिफारिस गरेर सञ्चालक समितिमा निर्णयका लागि पेस गरिसकेको छ। धनञ्जय रेग्मी, हिक्मत सिंह ऐर र दीपक बस्ताकोटीको नाम सिफासिरसमा परेको छ। तर, श्रेष्ठको नाम नपरेपछि प्रधानमन्त्री कार्यालयबाट हस्तक्षेप भएको समाचार नयाँ पत्रिका दैनिकमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.